
भैरहवा। रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट आइफोन सहितका सामान बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको अवस्था मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिह राठौरले बताए ।

बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन, बुकी पेपर चार बोरा, फूलका बिरुवाहरू ७० केजी रहेको उनले बताए ।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।



