धनगढी । शुक्रबार अर्थात् दशैको अघिल्लो दिन असोज २५ गते राति आरतीको शव प्लास्टिकको बोरामा फेला पर्यो । घटना घटेको केही समयमै प्रहरीले मृतकको पहिचान गर्न सफल भयो । उनि थिईन  अमरगढी नगरपालिका पोखराकी १४ वर्षीया किशोरी आरती भट्टराई। घटनाको जानकारी पाएको केही घण्टामै  एक जना आरोपितलाई प्रहरी पक्राउ गरिसकेको थियो  ।

आज आएको पोष्टमार्टम रिपोर्टले आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको रिपोर्टले पनि त्यही देखाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।

आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ   डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल रगत परीक्षणका लागि केन्द्रीयविधि विज्ञान प्रयोगशालामा पठाइएको समेत जानकारी दिनु भयो

पक्राउ परेका सोही स्थानका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । साथै  भोली सरकारी वकिलको कार्यालयमा मुद्दा समेत दर्ता गर्ने तयारी गरिएको डिएसपी सुगन्ध  श्रेष्ठले जानकारी दिनु भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको समेत डिएसपी श्रेष्ठले बताउनु भएको छ ।

पक्राउ परेका आरोपितलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्बजानिक गर्दै – ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय