धनगढी । कैलाली प्रहरीले खैरो हेरोइनसहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका- ८ स्थित धनगढीगाउँबाट १ सय ७० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

कैलाली प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका  छन् ।  प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय