काठमाण्डौ। काठमाण्डौंको फर्पिङबाट लागुऔषध सहित १ जना युवक पक्राउ परेका छन् लागुऔषध बोकेर आउदै गरेको भन्ने बिशेष सुचनाका आधारमाप्रहरीले उनलाई पक्राउ गरेको हो  

पक्राउ पर्नेमा पर्सा घर भएका सुनिल सहनी रहेका छन् ! विरगंजबाट काठमाण्डौ आउदै गरेको बागमती प्रदेश०३००१ ०७९२ नं.को EV भाडाको जिपलाई चेकजाँच गर्दा उक्त गाडीमा ठुलो मात्रमा लागुऔषध सहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग फर्पिङका इन्चार्ज प्रहरी निरिक्षक रमेश बिष्टले जानकारी दिनुभयो।

इन्स्पेक्टर रमेश बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको साथबाट लागु औषध DIAZEPAM 2ml लेखिएको थान१९५ एप्पुल, PHENERGAN 2ml लेखिएको थान१९६ एम्पुल BUPRENORPHINE 2ml लेखिएको थान२०० गरी जम्मा ५९१ एम्पुल लागु औषध बरामद गरिएको हो ।

साथै , उनले प्रयोग गरेको एउटा EV गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको समेत बस्नेतले जानकारी दिनुभयो

उनको साथबाट बरामद लागुऔषध….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय