काठमाडौँ बिराटनगरबाट  प्रहरीले लागु औषध गॅाजा सहित दुई जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान ...पा.वडा नं. १७ का सुक्षिम राई  देवराज राई रहेका छन् ।

बिराटनगर ..पा. १७ मण्ठा पोखरी स्थित बिराटनगर बाट ICP तर्फ जादै गरेको को ७५९ .कोस्कार्पीयोमा प्रतिबन्धीत ला..गाँजा ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका रानीबाट प्र.नि.प्रकास थापाको कमाण्डमा खटिएको टोली ला..ब्युरो बिराटनगरको संयुक्त टोलिले शंकालागि चेकजाँच गर्न खोज्दा ओभर स्पिड गरी भागने क्रममा ला..ब्युरो बिराटनगरमा कार्यरत प्रह कैलाश खत्री दाहाललाई ठक्कर दिदा बाँया हात,खुट्टामा चोट समेत लागेको छ र उनि हाल लागी कोशी अस्पताल बिराटनगरमा समान्य उपचार पश्चात डिस्चार्ज समेत भईसकेका छन् ।

साथै ,उक्त नम्बरको स्कार्पीयोलाई चेकजाँच गर्दा फछाडी साईडमा लुकाई छिपाई ल्याएको ला..गाँजा १४६ केजी सहित स्कार्पीयो,स्कार्पीयो चालक जिल्ला सुनसरी धरान ...पा.वडा नं. १७ बस्ने सुक्षिम राई,सोही स्कार्पीयोमा सवार देवराज राईलाई पक्राउ गरि इप्रका रानीमा ल्याई थप अनुशन्धान कार्य भई रहेको कार्यालय प्रमुख थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय