मोरङ। मोरङमा १८ लाख रूपैयाँसहित ९ जना जुवाडे पक्राउ परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो।

मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा पुगेको थियो।

जुवा खेलिरहेको ठाउँबाट १६ थान कौडा, १२ बुक तास, २ बट्टा पाउडर, १५ थान मोबाइल र १८ लाख नगद बरामद गरिएको एसपी कार्कीले सुरक्षा सरोकारलाई जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय