काठमाडौं । ललितपुरको एकान्तकुनामा अवैध रूपमा कल सेन्टर चलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा हानेर ५० जनालाई पक्राउ गरेको छ।

अवैध रूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा एकान्तकुनाबाट ५० जनालाई पक्राउ गरेको हाे।उनीहरूले एउटा सिंगै घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ ।

कल सेन्टर सञ्चालन गरिएको घरबाट अनलाइन ठगी गर्ने कार्यमा प्रयोग गरिएको कम्प्युटर ,मोबाइल , विभिन्न कम्पनीका  सिमकार्ड थान, ल्यापटप , प्रिन्टर , एटिएम कार्ड , इन्टरनेट स्विच , वाईफाई राउटर , मिनी ईन्भर्टर  बरामद गरिएको छ ।

सीआईबीले पक्राउ परेका माथि थप अनुसन्धान अघि बढाएको एआईजी दीपक थापाले सुरक्षा सरोकारलाई बताएउनु भयो।

सीआईबीले पक्राउ गरेका मध्ये दुई जना चिनियाँ, एक जना फिलिपिन्सका नागरिक र अन्य सबै नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय