झापा । झापाको मेचिनगरबाट जंगली हात्तीको अंग सहित एक जना पक्राउ परेका छन् ।

मेचिनगर ९ का  खगेन्द्र चापागाँई संरक्षित वन्यजन्तु हात्तिको अंग सहित पक्राउ परेका हुन् । उनलाई मंगलबार लामो समयको सुराक पश्चात हात्तीको अंग सहित पक्राउ गरिएको डिभिजन वन कार्यलय झापाका सिनियर वन अधिकृत जिवन पाठकले जानकारी दिए ।

चापागाँईलाई अहिले डिभिजन वन कार्यलयको हिरासतमा राखेर अनुसन्धान भईरहेको बताईएको छ । पक्राउ परेका चापागाँईका साथबाट ८ केजी बढी  बङ्गारा, दाँत , पुच्छर ,खुर, नङ्ग्रा लगायतका शरिरका विभिन्न अँग बरामद गरिएको छ । उनले भण्डारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी र प्रहरीले बरामद गरेको छ ।

चापागाँइले लामो समयदेखि विदेश जाने प्रकियामा रहेका  युवालाई महँगोमा औषधिको  रूपमा ति अंग मिश्रित सामाग्री बेच्ने गरेको खुल्न आएको छ । विदेश जाने प्रकियामा  मेडिकल गर्दा छातीमा दाग देखिएर जान नसकेका अर्थात मेडिकल फेल भएका युवालाई दाग हटाउनका लागि भन्दै उनले ति सामाग्री बेच्दै आएका थिए ।

पक्राउ परेका चापागाँईको परिवारले हात्तीका अँगहरू धुलो बनाएर अन्य औषधिमा मिसाएर बेच्ने गरेको पाईएको छ । झापामा वन्यजन्तुको केसमा अंगसहित व्यक्ति  पक्राउ गरेको यो घटना अहिले सम्मकै ठूलो सफलता भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय