
काठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन्। उनीहरुले रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



