दाङ । दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा गढवा गाउँपालिका- ६ खवरीका ५८ वर्षीय वीरबहादुर रजाली छन् ।

उनलाई ​१ थान भरुवा बन्दुकसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय