
बिराटनगर । हरेक दिन जसो लागु औषध प्रयोगकर्ता पक्राउ गरिरहेको इलाका प्रहरी कार्यालय रानीले फेरी आज लागुऔषध ब्राउनसुगर सहित इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी बिराटनगर म.न.पा. १५राईजिङ्ग बोर्डिङ स्कुल अगाडी बाट १३.२८ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बाट नेपाल तर्फ स्कुटरमा आउँदै गरेका बिराटनगर १५ बस्ने , २१ बर्षिय तिलक यादव र बिहार जोगबनीका बिशाल कुमार साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका रानी र ला.औ. ब्युरोबिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले आज दिउसो उनिहरूलाई उक्त परिणामको लागु औषध ब्राउन सुगर र को २५ प२११ नम्बरको स्कुटर सहित पक्राउ गरी इ.प्र.का. रानी मोरङमा ल्याई थपअनुसन्धान भईरहेको प्र.नि थापाले जानकारी दिनुभयो ।



