
धनगढी । धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनगढीउपमहानगरपालिका १० जुगेडा बस्ने ५८ वर्ष सुखदेव राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए ।

उक्त व्यहोराको उजुरीपछि रानालाई पक्राउ गरिएको कार्कीले बताए ।



