काठमाडौं। लागूपदार्थ ब्राउन सुगरसहित आठ जनालाई प्रहरीले कोटेश्वर बाट पक्राउ गरेको

काठमाडौं – ३२ कोटेश्वरमा शंकास्पद गतिविधि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका कार्यालय प्रमुख दल कुमार राई नेतृत्वको प्रहरी टोलिले  खानतलासी गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट  ३३.७६ ग्राम ब्राउन सुगर सहित लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल स्कुटर एकएक थान, नगद रु. ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान पर्स एक थान सहित प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेमा ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङकानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी ३६ वर्षीय प्रमोद राई, पाँचथरकोमिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमारचेम्जोङ पक्राउ परेका छन् ।

पक्राउ परेका सबै जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरी प्रभाग कोटेश्वरका कार्यालय प्रमुख राईले जानकारी दिनुभयो  ।उनिहरू माथि लागु औषध सम्बन्धी थप अनुशन्धान कार्य भई रहेको  जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय