
काठमाडौं । बौद्ध मन्दिरमा धर्मावलम्बीले दिने दान आफ्नो अकाउन्टमा आउने बनाएको आरोपमा चीनमा एक विद्यार्थीपक्राउ परेका छन् । चीनको प्रतिष्ठित विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तह पूरा गरेका ती विद्यार्थीले क्यूआरकोड साटेको भिडिओ बाहिरिएपछि पक्राउ परेका हुन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार ती विद्यार्थी विभिन्न मन्दिरमा पुग्थे । र, त्यहाँ भएका क्यूआर कोडको ठाउँमा आफ्नोक्यूआर कोड राखिदिन्थे । यसरी क्यूआर कोड बदलिदिंदा धर्मावलम्बीले चढाउने भेटी ती व्यक्तिको बैंक खातामापुग्थ्यो ।

हालसम्म ती व्यक्तिले ४२०० डलर (करिब पाँच लाख ६२ हजार रुपैयाँ) चोरी गरेको बताइएको छ ।
यस वर्ष उनले शान्क्षी, सिचुवान र चोङकिङ राज्यका मन्दिरमा क्यूआर कोड परिवर्तन गरेको देखिएको छ । बओजीसहरको फ्यामेन मन्दिरमा एक व्यक्तिले दान पेटिकाको क्यूआर कोडमा आफ्नो क्यूआर कोड राख्न लागेको फुटेजबाहिरिएपछि उक्त घटना बाहिर आएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडिओमा ती व्यक्तिले कसरी मन्दिरको क्यूआर कोड साटफेर गर्थे भन्ने देखाएको छ ।पक्राउ परिसकेपछि ती व्यक्तिले आफूले कसरी रकम आफ्नो खातामा आउने बनाएका थिए भन्ने खुलाएका छन् ।
पक्राउ परेपछि ती व्यक्तिले सबै रकम फिर्ता गरिसकेको बताइएको छ ।
–एजेन्सीको सहयोगमा



