काभ्रेविद्युत ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका १० जनालाई काभ्रे प्रहरीले बिभिन्न ठॅाउ बाट पक्राउ गरेको

काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा विद्युत प्रवाहको लागि जडान गरिएका  ट्रान्सफर्मरको तार चोरी भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मंगलटारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले विद्युतको ट्रान्सफर्मरको तारहरु चोरी गर्न लागेको अवस्थामा चोरी गर्ने गिरोहमा संलग्न सात जना व्यक्तिहरुलाई एकै पटक नियन्त्रणमा लिएको

साथै , उक्त चोरीमा संलग्न समुहहरुको बिभिन्न जिल्लाहरुमा समेत संजाल रहेको अनुसन्धानको क्रममा खुल्न आए पश्चात प्रहरी परिसर, भक्तपुरसँग समेत समन्वय गरी सोहि गिरोहका थप  जनालाई  नियन्त्रणमा लिई भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तार र उनीहरुले चोरीका सामानहरु बा ७८३४ नं. को माइक्रो भ्यानमार्फत भक्तपुरका विभिन्न कबाडी पसलमा लगेर बेच्नेगरेको तथ्य खुलेको र उक्तभ्यानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए  

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३०वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई प्रारम्भिक सोधपुछ गर्ने क्रममा काभ्रेपलान्चोक जिल्ला भित्रका बिभिन्न स्थान तथा अन्यत्र जिल्लाहरु बाट समेत  यसरी चोरी गर्दै आएको चोरी गरी लगेको उक्त तामाको तारहरु मध्ये भक्तपुर जिल्ला स्थित बिभिन्न कवाडी हाउसमा लगि बेच्ने गरेको खुल्न आएको

कसरी हुन्थो त चोरी ?

अनुसन्धान कै क्रममा कवाडी धनिले कवाडीका सामान लिन जाने निहुँले बिभिन्न स्थानहरुमा पुगि त्यस्तो ट्रान्सफर्मर रहेको एकिन गरे पश्चात उक्त गिरोहका मुख्य व्यक्तिलाई खबर गर्ने निजले गाडी समेतको व्यवस्था गरी रात्रीकालिन समयमा पूर्व योजना अनुसार ट्रान्सफर्मरलाई निकालि सो भित्र रहेको तामाको तारलाई झिकि चोरी गरी गाडीमा राखि भक्तपुर स्थित विभीन्न कवाडि हाउसमा पुर्याई बेचि प्राप्त रकम भागबन्डा लगाउने गरेको बुझिएको

उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी निशाना बनाउने गरेका थिए ।

प्रहरीका  अनुसार  चोरी गर्ने समुहको बिभिन्न जिल्लाहरुमा समेत संजाल रहेको खुल्न आएको देखिन्छ । विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालत मार्फत म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय