विराटनगर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार भएका छन्।

बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय मोहमद अहमद अस्पतालबाटै फरार भएकाहुन्

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार बिहान सवा बजेतिर उनी अस्पतालबाट फरार भएका हुन्

शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएका थिए।

जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद लाखजरिवानाको फैसला गरेको थियो

पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएकोथियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय