काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट होस्टल सञ्चालिका ४५ वर्षीया मायाकुमारीदेवी मिश्रलाई पक्राउ गरेको छ। पक्राउ परेकी मिश्र सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ घर भएकी हुन्। उनी बानेश्वरको कात्यानी चोकमा न्यू कस्यप ब्वाईज होस्टल सञ्चालन गर्दै आएकी थिइन्।

प्रहरीले मिश्रको होस्टलबाट ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। केही दिनअघि प्रहरीले बानेश्वर प्रहरी वृत्तबाट खटिएको टोलीले होस्टलमा छापा मार्दा काउन्टरमा उक्त लागुऔषध फेला परेको थियो।

आरोपी मिश्रविरुद्ध प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान जारी राखेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले अनुसन्धान प्रक्रियामा रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय