काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोजगारीका लागि कम्बोडिया पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ निवासी ४१ वर्षीय बविलाल लामा रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उक्त जानकारी दिएका हुन्।

प्रवक्ता कार्कीका अनुसार लामा ले रोजगारीका लागि कम्बोडिया लैजाने आश्वासन दिँदै पीडितबाट चार लाख ३५ हजार रुपैयाँ लिई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय