गुल्मी, माघ १८ — जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेन्जी आन्दोलनका क्रममा काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका कैदीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–५ निवासी ६५ वर्षीय मानबहादुर सर्तुङ्गे रहेका छन्।

उनीमाथि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका बेला फरार भएको बताइएको छ। पक्राउ परेका सर्तुङ्गेलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय तम्घास, गुल्मीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय