धनकुटा — जिल्लाको भेडेटार क्षेत्रबाट प्रहरीले ४ सय ४९ किलो लागूऔषध गाँजासहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ। धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स सोमबार चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

प्रहरीले एम्बुलेन्स चेकजाँचका लागि रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएको जनाएको छ। त्यसपछि गरिएको खोजतलासका क्रममा एम्बुलेन्सभित्र प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनका अनुसार एम्बुलेन्सभित्र सेतो र कालो प्लास्टिकमा प्याकिङ गरी १५ पोकामा राखिएको जम्मा ४ सय ४९ किलो गाँजा बरामद गरिएको हो। फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय