
काठमाण्डौं- भक्तपुरमा अभियुक्तहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि चक्कु प्रहार भएको घटनामा चार जना पक्राउ परेका छन्। बुधबार अपराह्न सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिकैको एक रेष्टुरेन्टभित्र भएको घटनामा प्रहरी नायब निरीक्षक सञ्जिब केसी घाइते भएका छन्।
चक्कु प्रहारबाट घाइते केसीको ख्वपा अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ। प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल र एक थान चक्कु बरामद गरेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।




