
कर्णाली । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा प्रहरी र स्थानीयबीचको विवाद उग्र बनेको छ। दुई दिनदेखि जारी तनावका कारण शनिबार आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय खदाङ्गमा तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार घटनामा तीन जना प्रहरी घाइते भएका छन् भने एक स्थानीय युवकसहित चार जना प्रहरी सम्पर्कविहीन छन्।

शुक्रबार साँझ लागूऔषध ओसारपसारको आशंकामा ३४ वर्षीय जुन रोकायलाई जाँच गर्न खोज्दा उनी ठूलो भेरी नदीमा हाम फालेर बेपत्ता भएपछि तनाव चर्किएको हो।
घटनापछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप टोली परिचालन गरिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



