म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

ग्रामीण क्षेत्रमा बन्यजन्तुको अवैध सिकारमा प्रयोग हुँदै आएका यस्ता बन्दुकहरू आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानका क्रममा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शान्ति–सुरक्षा सुदृढीकरण, निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले अभियानलाई थप प्रभावकारी बनाइएको छ। यस अभियानअन्तर्गत थप अवैध हातहतियारको खोजी तथा नियन्त्रण कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय