काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ। गएराति सञ्चालनमा रहेको जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

प्रहरीका अनुसार खोटाङ घर भई हाल ठैवमा बस्दै आएकी २९ वर्षीया सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्कीका साथै युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल रहेका छन्। साथै, जुवाडेहरूले प्रयोग गरेका ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय