काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अवैध हतियार लुकाइछिपाई राखिएको सूचनाको आधारमा तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ साल पौष १० गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल क्षेत्रबाट लुकाइछिपाई राखिएको अवस्थामा दुई थान CF–98 पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकास शाही, मोरङ जिल्लाको लेटाङ नगरपालिका–४ घर भई हाल काठमाडौंमा रहेका २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। अवैध हतियार ओसारपसार तथा प्रयोगसम्बन्धी सम्भावित आपराधिक गतिविधि रहेको आशंकामा अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय