काठमाण्डौं- संगठित अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका एक व्यक्ति संयुक्त अरब इमिरेट्स (यूएई)बाट पक्राउ परेका छन्।

ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) तथा संगठित अपराधका विभिन्न मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएका बागलुङ नगरपालिका–२, श्रीनगरका जावेद अनवर दीनलाई यूएईमा नियन्त्रणमा लिइएको हो। एनसीबी अबुधाबीको समन्वयमा पक्राउ परेका उनलाई सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०७७ भदौ ८ गते दीनविरुद्ध रेड नोटिस जारी गरेको थियो।

पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय