बाँके । लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले २२ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–१४ का २३ वर्षीय सन्दीप लोनिया, सोही स्थानका ३१ वर्षीय हृदयराम खटिक र नेपालगन्ज–१८ का २२ वर्षीय ओमकर खटिक रहेका छन्।

खैरो हेरोइनको कारोबार गर्न जाँदै गरेको अवस्थामा ब्यूरोको टोलीले उनीहरूलाई नेपालगन्ज–१३ स्थित मोहनपुर्वा गाउँ नजिकबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँके बुझाएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल फोन र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय