महोत्तरी । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारी र इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक विश्वबाबु बुढाथोकीको संयुक्त कमाण्डमा खटिएको ट्राफिकसहितको संयुक्त प्रहरी चेकिङ टोलीले बर्दिबास नगरपालिका–३ स्थित गौरीडाडाँ, बी.पी. राजमार्गमा चेकजाँच गरेको थियो।

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१३ नम्बरको यात्रुबाहक हायस गाडी रोकी जाँच गर्दा चालक पछाडिको पहिलो सिटमा सवार धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–२ पाटुटोल निवासी  २५ वर्षीय पारस राणा मगरले साथबाट Codeine Phosphate and Triprolidine HCl Syrup ४० बोतल फेला परेको थियो।

त्यसैगरी, सोही गाडीमा ल्याइएको तरकारीको सेतो बोराभित्र टेपले बेरी लुकाइछिपाई राखिएको अवस्थामा Triprolidine Hydrochloride and Codeine Phosphate Syrup (Exiplon) ७८ बोतल र Codeine Phosphate and Triprolidine Hydrochloride Syrup (Wonerex) ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।

जम्मा १६५ बोतल प्रतिबन्धित लागुऔषधसहित निज पारस राणा मगरलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय