काठमाण्डौं । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दा दर्ता नम्बर ५३, मिति २०६५/०५/०९ अन्तर्गतको फरार प्रतिवादीलाई पक्राउ गरेको हो। सो वारदात मिति २०६५/०५/०७ मा भएको थियो।

घटनापछि फरार रहेका ४५ वर्षीय प्रेम उर्फ सुरज थापा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–८ घर भई हाल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ मा बसोबास गर्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरबाट फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ भने उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय