
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने तथा गोरखा भिमसेननाथ गाउँपालिका–२ घर भएका ४३ वर्षीय खडानन्द लामिछाने रहेका छन्।
लामिछानेले कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो।

पक्राउ परेका लामिछानेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



