मकवानपुर । मकवानपुर प्रहरीले भिमफेदी गाउँपालिका–३ पान्द्राङबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। बिहीबार बिहान करिब १ बजे नामटारीबाट भैसेतर्फ आइरहेको बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपलाई पछ्याउँदै जाँदा प्रहरीले ४७० केजी गाँजा फेला पारेको हो।

प्रहरीले पछ्याउन थालेपछि सो पिकअपका चालक गाडी छाडेर फरार भएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुवास बोहराले जानकारी दिए। पान्द्राङस्थित ढुंगाखानी नजिकै गाँजा लोड गरिएको गाडी छाडेर चालक रातारात भागेको जनाइएको छ।

बरामद गरिएको गाँजा १७ वटा बेरामा प्याक गरिएको थियो। प्रहरीले उक्त विषयमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ। फरार चालकको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय