चितवन, मंसिर २४ — जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइनसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागू औषध कारोबार तथा ओसारपसारको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  भरतपुर महानगरपालिका–१०, लाहुरेटोल क्षेत्रमा लागू औषध बिक्री–वितरण हुँदैछ भन्ने सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक हरि भट्टराई सहितको टोली खटिएको थियो। त्यही क्रममा गरिएको चेकजाँचमा खैरो हिरोइन बरामद भई उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रबिन्द्र खनालका अनुसार पक्राउ परेकामाथि अदालतबाट म्यादथप गरि आवश्यक  अनुसन्धान जारी रहेको बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय