काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाको निर्देशनअनुसार काठमाडौँका विभिन्न स्थानमा चलेको हुन्डी कारोबारविरुद्धको अभियान तीव्र बन्दै गएको छ। यही क्रममा प्रहरीले कुलेश्वर क्षेत्रबाट ठूलो परिमाणको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त कालिकाटीबाट खटिएको टोलीले काभ्रेपलाञ्चोकको नमोबुद्ध–९ निवासी ३४ वर्षीय सरोज श्रेष्ठलाई ५७ लाख ४७ हजार रुपैयाँ नगद सहित शनिबार पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा हुन्डीसम्बन्धी कसुर लागू हुने भएकाले प्रहरी ले अदालतबाट पाँच दिनको थुनाम्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय