
काठमाडौं । वैदेशिक रोजगारीका नाममा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२६ बस्ने, कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिमबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।
भिमबहादुरले आकर्षक तलबको प्रलोभन देखाई एक जनाबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो।





