काठमाण्डौं— सुनसरीको रामधुनी नगरपालिका–१ मा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सुटरसहित ७ जनालाई पक्राउ गरेको छ। विगत दशैं लगत्तै चौधरीको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशबकुमार थेवेका अनुसार पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह, मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्।

हत्याका मुख्य योजनाकार राजेश साह रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको आशंका गरेपछि हत्याको योजना बनाएको बयान दिएका छन्।

चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएर सुटर मोहम्मद इव्राइम मियालाई प्रयोग गरेको र सो मध्ये ३ लाख रुपैयाँ अग्रिम भुक्तान गरिएको पनि प्रहरीले पत्ता लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय