मोरङ । रतुवामाई नगरपालिका–१ हटियाडाँडा नजिक आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रकबाट प्रहरीले ६७८ केजी गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्सपेक्टर कैलाश लिम्बूको कमाण्डमा खटिएको टोलीले शंका लागेपछि ट्रक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको डाला भित्र फल्स डाला बनाएर लुकाइ–छिपाइ गरिएको अवस्थामा ठूलो परिमाणको प्रतिबन्धित गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

सोही क्रममा ट्रक चालक धनकुटा, सहिदभूमि गाउँपालिका–२ बस्ने समेल राई र ट्रकका मालिक वार्ड नं. १ बस्ने विक्रम विशुङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय