सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट ठूलो परिमाणको गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले आज बिहान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद गरिएको छ। सो घटनामा संलग्न रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय