
काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार ललितपुरको भनिमण्डलबाट शाक्यलाई नियन्त्रणमा लिएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

सीआईबीका अनुसार शाक्य र प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुनविपरीत कार्य गर्दै बैंकलाई आर्थिक नोक्सानी पुर्याएको आरोप लागेकाले उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको हो।
शेरचनलाई प्रहरीले थुनामा राखेर विस्तृत अनुसन्धान थालेको सीआईबीले जनाएको छ।



