काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र आपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीले दर्ता गरेको छ।

यीमध्ये सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको प्रहरीले जानकारी दिएको छ।

आइतबार काठमाडौं जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलनमार्फत विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार दर्ता भएका उजुरीमध्ये

  • २२ वटा व्यक्तिगत,
  • ६६ वटा सरकारी कार्यालय/प्रहरी प्रतिवेदन, र
  • १६ वटा संस्थागत उजुरी रहेका छन्।

प्रहरीले उजुरीको आधारमा आवश्यक अनुसन्धान अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय