बर्दिया । बर्दियामा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन्। गत शुक्रवार प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरी टोलीले भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका एक यात्रुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

प्रहरीका अनुसार बर्दिया, बढैयाताल गाउँपालिका–२ स्थित फुटाह चेकपोस्टमा शंकास्पद रुपमा देखिएका जिल्ला बाँके, कोहलपुर नगरपालिका–३ मैटहवा घर भएका ३८ वर्षीय किस कुमार थारुलाई रोकेर तलासी गर्दा उनले लुकाइछिपाइ राखेको लागू औषध फेला परेको हो।

थारुको साथबाट १ पुडिया प्लास्टिकसहित ३ ग्राम १५० मिलिग्राम र प्लास्टिक खोलेर शुद्ध तौल गर्दा २ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय