
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा प्लास्टिक र तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शव प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको विस्तृत विवरण भने प्रहरीद्वारा सार्वजनिक गरिएको छैन।
शनिबार मुख्य सडकछेउ पोको पारेर राखिएको अवस्थामा महिलाको शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त महिलाको हत्या गरिएको आशंका मजबुत बन्दै गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार— घटना किन र कसरी भयो भन्नेबारे आवश्यक अनुसन्धान जारी छ, र तथ्य खुल्न क्रमशः अघि बढिरहेको छ।



