
झापा । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासम्बन्धमा दुई जनालाई नियन्त्रणमा लिएर विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार फेला परेका व्यक्ति बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरी रहेको प्रारम्भिक पहिचान भएको छ। स्थानीयवासीहरूले गएराति शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थल पुगेको र प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको एनपीयू श्रेष्ठले जानकारी दिए।
घटनाको कारण र वास्तविकता के हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।



