काठमाण्डौं— जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थप एक कैदी प्रहरीले पक्राउ गरेको छ।

पालुङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गत भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोलका ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय