
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत हरियाण, रानिमहल पानीपतका २८ वर्षीय दिलप्रीत सिंह र बर्दिया घर भई भारत चण्डीगढमा बस्दै आएका २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन्।
उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत एनपीएलका खेलाडीलाई ‘स्पोन्सर गर्छौं’ भन्ने बहानामा सम्पर्क गरी सट्टेबाजीमा संलग्न गराउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दुवै जनालाई प्रहरीले काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।



