सर्लाही । कृषि ट्रान्सफर्मरभित्र जडान गरिएको तामाको तार चोरी गर्दै आएका एक संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले विभिन्न अनुसन्धान प्रविधि र सूचनाको आधारमा मिति २०८२ मंसिर २ गते पक्राउ प्रकिया सार्वजनिक गरेको हो।

प्रहरीले मंसिर २८ र २९ गते जिल्लाका विभिन्न स्थानमा भएको तामाको तार चोरीको घटनामा संलग्न व्यक्तिहरूलाई काभर गर्ने क्रममा चोरीमा प्रयोग गरिएको ई–रिक्सा २ थान, विभिन्न औजार ५१ थान, मोबाइल ११ थान, तथा १०३.८ किलोग्राम तामाको तार बरामद गरेको छ।

अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको प्रहरीले नौ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरू नेपालका विभिन्न जिल्ला तथा भारतका बिहार राज्यका बासिन्दा भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिहरूमा  दुर्गा अधिकारी (२८), इलाम , सोनम लामा (४२), सिन्धुपाल्चोक , बुधे माझी (५३), महोत्तरी ,सुखाडी सहनी (५०), भारत बिहार → हाल पर्सा , सरोज कुमार सहनी (२०), भारत बिहार → हाल पर्सा , मो. रियाजुल (५५), भारत बिहार, दिलिप कुमार ओझा (३३), पर्सा, संजित पदार्थ (३५), भारत बिहार र कृष्ण श्रीवास्तव (३९), बारा, गढीमाई मेटल प्रा.लि. का निर्देशक रहेका छन् ।

प्रहरीका अनुसार यी व्यक्तिहरू लामो समयदेखि कृषि क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मर खोल्दै तामाको तार निकालेर बेचबिखन गर्दै आएका थिए। यसरी बारम्बार ट्रान्सफर्मर चोरी हुँदा किसानहरूको विद्युत् आपूर्तिमा समस्या आइरहेको थियो।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सरोज राईले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय