
सुनसरी, मंसिर ०१ गते । सुनसरीको इटहरी उप-महानगरपालिका–१२ बाट ठूलो परिमाणको लागू औषधसहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक ३० गते फार्मेसीमार्फत लागू औषध बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको टोलीले नसिब फार्मेसी का संचालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्लास्टिकको बोरा भित्र लुकाइ—छिपाइ राखिएको प्रतिबन्धित औषध ट्रामाडोल १९,८०० क्याप्सुल र नियन्त्रित औषध डिकोलिक ४,००० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
सोहीसँगै चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।



