
बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लल्का पुल नजिक विरगञ्जबाट पथलैयातर्फ पैदल आइरहेका दुई महिलालाई रोकजाँच गर्दा उनीहरूको साथबाट ४४.४०० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमरा, बारा का प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) दिपक कुमार बस्नेत र लागुऔषध नियन्त्रण ब्युरो, पर्सा का प्रहरी सई (प्र.स.नि.) गोपाल खड्काको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा स्रोत नखुलेको लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका–६ की ३५ वर्षीया सुसिला देवीर पोखरिया नगरपालिका–७ की ३० वर्षीया पूजा देवी रहेकी छन्।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको प्रहरीले जनाएको छ।



