धनुषा — धनुषामा एक प्रहरी अधिकारीले गोली प्रहार गरी वडाध्यक्षको हत्या गरेका छन्। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको गाउँमै कार्यरत प्रहरी जवान शम्भू यादवले गोली हानी हत्या गरेको जिल्ला प्रहरीले पुष्टि गरेको छ। आरोपी प्रहरीलाई नियन्त्रणमा लिइएको छ।

स्थानीयका अनुसार गाउँमा भइरहेको श्राद्धको भोजका क्रममा दुई पक्षबीच विवाद उत्पन्न भएपछि वडाध्यक्ष यादव मध्यस्थता गर्न घटनास्थल पुगेका थिए। सोही क्रममा गोली प्रहार भएपछि वडाध्यक्षको मृत्यु भएको बताइएको छ।

घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूलाई प्रदेश अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय