भक्तपुर जिल्लामा संगठित समूह बनाई पाकेटमारी, लुटपाट र जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू विभिन्न जिल्लाका हुन् र उनीहरूको समूह भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बसोबास गर्दै आएका थिए।

पक्राउ गरिएका व्यक्तिहरूमा …

  • साधुराम भुजेल (२६ वर्ष, काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका–३)
  • कृष्ण बहादुर खड्का (४३ वर्ष, मोरङ, पथरी शनिश्चरे नगरपालिका–९)
  • अनु गजमेर (२३ वर्ष, सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३)
  • विशाल तामाङ (२२ वर्ष, रामेछाप, दोरम्बा गाउँपालिका–८)
  • सुदिप भण्डारी (२६ वर्ष, काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका–३)
  • राजिव भण्डारी (१८ वर्ष, काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका–३)
  • सुरज तामाङ (२७ वर्ष, महाभारत गाउँपालिका–६)
  • सुजन भण्डारी (२९ वर्ष, काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका–३)

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा चोरी र लुटपाटका सामाग्री बरामद गरेको छ, जसमा समावेश छन्:

  • १ थान पहेँलो धातुको ब्रासलेट, २ थान औँठी, १ जोड़ी झुम्का, १ थान सिक्री
  • २८ थान १०० दरको अमेरिकन डलर, ६,690 भारतीय रुपैयाँ, ४,28,880 नेपाली नगद
  • १४ थान मोबाइल फोन, १ थान क्यामेरा, १ थान सर्जिकल ब्लेड, ४ थान मोटरसाइकल र १ थान कार (बा ४ च ३९१६)

अनुसन्धानका क्रममा खुलासा भएको छ कि यी अभियुक्तहरूले संगठित तरिकामा पाकेटमारी, चोरी र लुटपाटका घटना गर्दै आएका थिए। उनीहरूले सार्वजनिक सवारी साधनमा सँगै यात्रा गर्ने र लक्षित व्यक्तिहरूको निगरानी गरी चोरी र लुटपाट गर्ने गरेको पाइएको छ। विशेषगरी, पैसा बोकेका र सुनका गहना लगाएका व्यक्तिहरूलाई निशाना बनाउने र मोटरसाइकल र कारको प्रयोग गरेर ती व्यक्तिहरूलाई पक्रेर लुटपाट गर्ने गर्दथे।

पक्राउ परेका कृष्ण बहादुर खड्का भने यसअघि ३८ पटक चोरी र लुटपाटका घटनामा पक्राउ परेका थिए र मुद्दा चलाइएको देखिएको छ।

उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरले कात्तिक २६ गते पक्राउ गरेका यी ८ जनालाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय