सुनसरी — सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बर्जु गाउँपालिका–५, गोचाकामत टोलबाट शुक्रबार राति करिब २५७ किलो ४५ ग्राम गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा बा.प्र. ०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारेको बताइएको छ।

गाँजा बरामद भए पनि गाडी चालक भने फरार भएका छन्। प्रहरीले गाडी नियन्त्रणमा लिएर फरार चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय